कोहलपुरमा डिएसपी तिवारीपछि भण्डारी आउँदै

कोहलपुर ।

इलाका प्रहरी कार्यालय कोहलपुरमा डिएसपी प्रहरी नायब उपरीक्षक (डिएसपी) धर्मराज भण्डारी आउने भएका छन् ।

डिएसपी धर्मराज भण्डारी यस अघि केन्द्रिय अनुसन्धान ब्युरो पिलर १ संगठित अपराध, अपहरण, हातहतियार, विस्फोटक पदार्थ, डकैती अनुसन्धान शाखा महाराजगन्ज काठमाडौंमा कार्यरत थिए ।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) सुन्दर तिवारीको सरुवा भएको छ ।

डिएसपी तिवारीलाई कोहलपुरबाट केन्द्रिय अनुसन्धान ब्युरो पिलर ८ सूचना संकलन विश्लेषण र अभिलेख व्यवस्थापन शाखामा सरुवा भएको हो ।

डिएसपी सुन्दर तिवारी सहित प्रहरी प्रधान कार्यालयले १ सय ४१ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) को सरुवा गरेको छ ।