हत्या भएको परिवारको आशंका

कोहलपुर ।

कोहलपुर १ कौशिल्यानगरमा मृत अवस्थामा भेटिएकी सिता परियारको हत्या भएको भन्दै आफन्तले बिरोध जनाएका छन । मृतकका आफन्त भिनाजु अमर परियारले सिताकी सौतानि सासुले हत्या गरेको हुन सक्ने वा आत्महत्या गर्न बाध्य बनाएको हुन सक्ने आरोप लगाएका छन ।

उनले सौतानी सासु मिनाले पटक-पटक मानसिक तनाव दिने गरेको बताउँदै सोही तानावका कारण ४ महिनाको गर्भवती सिताले आत्महत्या गरेको हुन सक्ने बताए ।

पिडीत परियारको गुनासोकै आधारमा प्रहरीले सौतानी सासु मिना परियारलाई पक्राउ गरेको छ । पोष्टमार्टम रिपोर्ट र स्थानीय वासिन्दासंगको कुराकानीको आधारमा घटनाको अनुसन्धान भईरहेको प्रहरीको भनाई छ । बिहीवार मृत्यु भएकी सिताको शुक्रबार पोष्टमार्टम गरिएको छ ।

स्थानीय र आफन्तको बिरोध पछि शनिवार मात्रै सिताको अन्तीम सस्कार गरिने बताइएको छ । स्थानीय कृष्ण माबिमा कक्षा ११ मा अध्यनरत सिता जेहेन्दार छात्रा रहेको बिधालयको भनाई छ । ११ मा पढ्दै गरेकी र ४ महिनाकी गर्भवती भएकाले आत्महत्या गर्न बाध्य बनाईएको हुन सक्ने आफन्तको भनाई छ ।

पिडीतका आफन्तका अनुसार सितालाई सौतेनी आमाले पटक-पटक मानसिक तनाव दिनुका साथै हातपात समेत गर्ने गरेको छिमेकीको आरोप छ । सिताको शव बिहीबार आफ्नो घरको आँगनमा भएको रुखमा भुण्डीएको अवस्थामा फेला परेको थियो ।