नेदरल्याण्ड्सविरुद्ध नेपाललाई पहिलो सफलता




काठमाडौं ।

त्रिकोणात्मक टी-२०आई सिरिज अन्तर्गत नेदरल्यान्ड्ससँगको खेलमा नेपालले पहिलो सफलता पाएको छ ।

२.१ ओभरमा करण केसीलाई नेपाललाई पहिलो सफलता दिलाएका हुन् । उनले ४ रन बनाएका म्याक्स ओडाउडलाई दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच आउट गराए ।

ओडाउड आउट हुँदा नेदरल्याण्ड्सको स्कोर १५ रन छ ।

त्रिवि क्रिकेट मैदानमा कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।

ललित राजवंशी र प्रजिश जिसी नेपालको प्लेइङ ११ मा छन् । अभिनाश बोहरा र विवेक यादव बेञ्चमा छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० फागुन १६ गते बुधबार