बाँकेमा जनमत पार्टीले प्रधानमन्त्री र कृषिमन्त्रीको पुत्ला जलायो




काेहलपुर ।

पार्टीले अघि सारेका मागहरु सम्बोधन गर्न सरकारले बेवास्ता गरेको भन्दै जनमत पार्टीले बाँकेकाे जानकी गाउँपालिका-२ मानपुरमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको छ ।

जनमत पार्टी बाँकेको आयोजनामा जनमत पार्टीले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने, समयमै मल र बिउको उपलब्ध हुनुपर्ने, सिंचाईको व्यवस्था, सिंचाई नभएको ठाउंमा सिंचाईका लागि प्रयोग हुने विद्युत निःशुल्क, किसानलाई राहत, कृषि बालीको समर्थन मूल्य, उखु किसानको बक्यौता भुक्तानी, किसानलाई पेन्सन लगायतका माग सरकारसंग राखेको छ।

पार्टीले पुस १२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई किसानका समस्या, नागरिकता समस्या लगायतका मागहरु समेटिएको ज्ञापनपत्र बुझाएपनि मागहरु सम्बोधन गर्नुको साटो आन्दोलनमा सरकारले दमन गरेको पार्टीका अध्यक्ष बाँकेका प्रलाद यादबले बताए।

पार्टीले लुम्बिनी प्रदेशका मुख्यमन्त्रीलाई पनि माघ १२ गते ज्ञापनपत्र बुझाएको थियो । माग पुरा हुँदासम्म पार्टीले अनिश्चितकालीन मधेश आन्दोलन घोषणा गरेको छ ।

यस्तै बिष्णु यादव, बिष्णु खटिक के.स इरफान अहमद शेष ,जिल्ला पुर्ब अध्यक्ष हाल संगठन प्रमुख रियाज अहमद शेषको नेतृत्वमा कार्यक्रम भएको थियाे ।

प्रकाशित मिति : २०७८ माघ २० गते बिहीबार