बारबर्दियामा वडा नम्बर ७ माओवादी केन्द्रको अध्यक्षमा चौधरी




कोहलपुर ।

बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ७ को नेकपा माओवादी केन्द्रकाे अध्यक्षमा राम बहादुर चौधरी अध्यक्षमा चयन भएका छन् ।

आज भएको वडा भेलाले चौधरीको अध्यक्षतामा २९ सदस्यीय वडा कमिटि गठन गरेको छ । जसको उपाध्यक्षमा इन्द्रेणी थारु, सचिव गोविन्द्र थारु, कोषाध्यक्षमा किरण परियार र सह—सचिवमा लक्ष्मी तिवारी सर्वसम्मत चयन भएका छन् ।

यस्तै भेलामा नेकपा माओवादी केन्द्रका बारबर्दिया नगर अध्यक्ष दशरथ अबलपथ थारु सुदिप,नगर बरिष्ठ उपाध्यक्ष पतिराम थारु बहाक, बारबर्दिया ७ का इन्चार्ज इन्द्र चौधरी, नगर सह सचिव संन्तोष पोख्रेल  र नगर सदस्य अविरल विश्वकर्मा लगायतको उपस्थित रहेको थियो ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ १९ गते बुधबार