बर्दिया राष्ट्रिय निकुञ्जमा हतियारसहित चार शिकारी पक्राउ

रावन विश्वकर्मा ।

बर्दिया राष्ट्रिय निकुञ्जमा हतियारसहित चार शिकारी पक्राउ परेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तैनाथ नेपाली सेना र निकुञ्जका कर्मचारी सहितको संयुक्त पट्रोल टोलीले मंगलबार शिकार गर्न आएका चार जना शिकारीलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बर्दियाको भेरी गंगा नगरपालिका ५, हात्तिखाल बस्ने ३७ वर्षीय लक्ष्मण गिरी, ६२ वर्षीय भद्र बहादुर वली, ५६ वर्षीय ठग बहादुर थापा र २२ वर्षीय ललित घर्ती रहेका छन् ।

उनीहरुलाई निकुञ्जको हात्तिखालको बबई पाखाबाट भरुवा बन्दुक नाल ३ थान, बन्दुकको गोली ४१ थान मसिनो छर्रा १०० ग्राम, बन्दुकको केपा १५ थान, बारुद ३ सय, रेति १ थान, हँसिया ३ थान, सलाई ५ थान, साईकल छर्रा ३७ थानसहित पक्राउ गरेको नेपाली सेनाले जनाएको
छ ।
पक्राउ परेका शिकारीहरुलाई बरामद हतियारसहित आवश्यक कारवाहीको लागि बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालय, बर्दियामा बुझाइएको छ ।