ढकेरीमा मानव वन्यजन्तु सह अस्तित्व विषयक अन्तरक्रिया सम्पन्न

राप्तीसोनारी ९ माघ
बाँके राष्ट्रिय निकुञ्जको ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समुह अर्न्तर्गत बागेसाल मध्यवर्ती सामुदायिक वन उपभोक्ता समुहमा मंगलबार मानव वन्यजन्तु सह अस्तित्व विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा अभियान (सिबिएपियु) को आयोजना तथा राष्ट्रिय प्रकृति संरक्षण कोषको सहयोगमा संचालन गरिएको अन्तरक्रिया कार्यक्रममा उपभोक्ताहरुले स्थानीय स्तरमा देखिएका र भोग्नुपरेका समस्याहरु जानकारी गराउनुका साथै सल्लाह सुझाव प्रदान गरेका थिए !

कार्यक्रममा समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा अभियान (सिबिएपियु) की अध्यक्ष शान्ति चौधरीले बाँके राष्ट्रिय निकुञ्जको र पाटे बाघ संरक्षणका विषयमा जानकारी प्रदान गरेकी थिइन । कार्यक्रममा बोल्दै ढकेरी मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष दल बहादुर खड्काले वन्यजन्तु र मानव द्वन्द न्यूनीकरणका उपाय बारे जानकारी गराउनुका साथै संरक्षण क्षेत्रमा उपभोक्ताहरुको भुमिका बारे जानकारी प्रदान गरेका थिए ।

कार्यक्रममा सामुदायिक वनका पदाधिकारी ,समुदायमा आधारित चोरी शिकार नियन्त्रण युवा अभियान (सिबिएपियु) का सदस्य उपभोक्ताहरुको सहभागिता रहेको थियोे ।