सुजल श्रेष्ठको गोलमा मोरिससविरूद्ध नेपाललाई सुरूआती अग्रता

नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा मोरिससविरूद्ध सुरूआती अग्रता बनाएको छ। दशरथ रंगशालामा भइरहेको खेलमा नेपालका लागि सुजल श्रेष्ठले गोल गर्दै सुरूआती अग्रता दिलाएका हुन्।

उनले खेलको १० औं मिनेटमा गोल गरेका हुन्। उनले नवीन गुरूङको कर्नरमा आएको बललाई गोलमा परिणत गरेका हुन्।

खेलको ११ औं मिनेटमा मरिससले पेनाल्टी पाएको थियो। तर मरिससका कप्तान एन्डी सोफीको प्रहारलाई नेपाली गोल रक्षक किरनकुमार लिम्बुले रोकेका छन्।