काेहलपुर ।
सामुदायिक बन उपभोक्ता महासंघ नेपाल लुम्बिनी प्रदेशकी अध्यक्ष बसन्ती अधिकारीले समुदायलाई वनपैदावार उपभोग गर्नबाट बन्चित गरिएकाे छ त्यसकाे घोर भत्र्सना हुने बताएकी छिन् । नेपाल सरकार वन तथा वातावरण मन्त्रालयले तयार गरेको प्रस्तावित वन नीयमावली, प्रदेश सरकारहरुले ल्याएको वन ऐन तथा सामुदायिक वनको अधिकार कटौती हुने गरी घोषणा गरिएको संरक्षित क्षेत्र भित्र मानव अधिकार हननका विषय र समुदायलाई वनपैदावार उपभोग गर्नवाट वन्चित गरिरहेको बताइन् ।
मंगलबार बबरमहल स्थित वन विभाग घेराउ गरिरहेको अवस्थामा प्रहरीले ठाडो हस्तक्षेप गरि सामुदायिक वन उपभोक्ता महासंघ नेपालका अध्यक्ष सहित १४ जनालाइ पक्राउ गरेकाे छ त्यसकाे बिरूद्ध झन आन्दाेलन हुने चेतावनी समेत दिएकी छिन् ।
पक्राउ पर्नेमा अध्यक्ष भारती पाठक, महासचिव बिर्ख बहादुर शाही, सचिव ठाकुर भण्डारी, कोषाध्यक्ष पार्वता गौतम, स्थायी समितिका सदस्य डोलकुमारी सापकोटा, जिल्ला महासंघ ललितपुरका अध्यक्ष प्रेम प्रसाद घिमिरे, उपाध्यक्ष केशवराज गिरी, सिन्धुपाल्चोक जिल्ला महासंघका सचिव दयालक्ष्मी श्रेष्ठ, भक्तपुर जिल्ला महासंघका सदस्य सहदेव न्यौपाने, पवित्रा तिमिल्सना, उपभोक्ता उषा के.सी., लगायत महासंघका कर्मचारीहरु प्रेम सुवेदी, संजिव वाइवा र हेमन वम्जनलाई पक्राउ गरीएकाे छ ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्