सल्यानमा बहुमत कार्यपालिका सदस्यद्वारा बैठक बहिष्कार




इन्द्र बुढाथोकी माघ,१७ सल्यान

सल्यानको बनगाड कुपिण्डे नगरपालिकामा बहुमत कार्यपालिका सदस्यहरूले बैठक बहिस्कार गरेका छन् । बैठकमा वडा न १ का अध्यक्ष शान्त कुमार यरिको विषयलाई लिएर विवाद हुँदा बैठक बहुमत सदस्यहरूले बैठक बहिस्कार गरेका हुन।

गठबन्धन दलहरूको बैठकले केही दिन अघि प्रकाशित विज्ञप्तिमा उल्लेख भएका कुनै पनि कुरा सम्बोधन नभएको भन्दै बैठक बहिष्कार गरेका छन् । सोमबार बस्ने भनेको बनगाड कुपिण्डे नगरपालिकाको कार्यपालिका बैठक बहुमत सदस्यद्वारा बहिस्कार भए पछि कुनै कार्य सूचिमा प्रवेश गरी अनिश्चित कालका लागि स्थगित भएको छ ।

१ वडा अध्यक्ष शान्त कुमार यरिलाइ कारबाही भएको जानकारी स्वरूप नगर प्रमुखले बैठकमा नबस्न आग्रह गरे पश्चात् बहुमत सदस्यहरू बैठक बस्न माग गर्दै आएको नगरप्रमुख पुनले बैठकको अध्यक्षले भनेको मान्नु पर्ने भन्ने अडान राखेपछि बैठकबाट बाहिरिएको ४ न वडा अध्यक्ष मोमत रोकाले जनाए । कुनै विषय वा एजेन्डामा प्रवेशै नगरी बैठक सकिएको छ । यता गठबन्धन दलहरूले भने वडा अध्यक्ष लगायतका विषयमा गल्ती नसचिए सम्म कुनै पनि निर्णय नहुने जनाएको छ । नेकपा माओवादी केन्द्र, समाजवादी, नेपाली काँग्रेसले गलत कदमको डटेर सामान गर्ने जनाएका छन् ।

साथै कार्यपालिका बैठक बस्न नसक्दा विकास निर्माण कार्यका धेरै दूरगामी असर पर्ने नगरपालिकाले जनाएको छ । कार्यपालिका बैठक बस्न नसक्दा हिउँदे अधिवेशन समेत प्रभावित भएको छ । पछिल्लो समयमा नगर प्रमुख पुन प्रति बहुमत सदस्यहरु निकै रुष्ट वनेका छन् । साथै नगरपालिका नीति,विधि भन्दा फरक ढङ्गले सञ्चालन भइरहेको बताएको छ । बहुमत कार्यपालिका सदस्यहरूले एक जना नगर प्रमुखले सबै कामकाज गरिहाल्ने भए हामी किन चाहियो र, सबै एक्लै नगर प्रमुखले गरे भयो हामी साची बस्न आवश्यक छैन त्यो बैठकमा किन बस्ने उल्टै प्रश्न राखेका थिए ।

विवादकै बिच ढिलो नगर सभा गरेको नगरपालिकाले पुनः चर्को विवाद उत्पन्न भए पछि हिउँदे अधिवेशन लगायत सबै कामकाज ठप्प रहेका छन् । वडा अध्यक्ष यरि प्रतिको राजनीतिक प्रतिसोध पुर्न कार्य लगायत गठबन्धन दलहरूका माग सम्बोधन नभए सम्म अब उक्त नगरका सबै कामकाज अघि नबढ्ने जनाएको छ ।गठबन्धन दलहरूले भने केही दिन पछि थप कदम चाल्ने जनाएका छन् । एक हप्ते अल्टिमेटम सकिँदै छ । छिट्टै बसेर थप निर्णय समेत हुने जनाएको छ ।

मङलवार उप प्रमुख सहित वडा अध्यक्षहरूले नगरपालिका कर्मचारीहरू सङ्ग बस्ने कर्मचारी के जवाफ आउँछ त्यही अनुसार अगाडि बढ्ने बताएका छन् । उनीहरूका अनुसार साझा विकास निर्माण कामहरू गर्नु पर्‍यो यदि नगर प्रमुखले भनेको मान्ने वडा अध्यक्षहरूको सहमति बिना कुनै काम गर्न नहुने उहाहरुको भनाइ रहेको छ । अहिले मुख्यमन्त्री रोजगारको कार्यक्रम सम्झौता हुन सकेको छैन भने कर्मचारी वडा अध्यक्षहरूलाई नसोधेर आफ्नो मनपरी काम गरिरहेको बुझिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ १७ गते सोमबार