साथी कृष्ण कटेज नजिकैबाट ब्राउन सुगर सहित २ जना पक्राउ




काेहलपुर ।

बाँकेमा ब्राउन सुगर सहित दुइ जनालाइ पक्राउ गरेकाे छ ।

नेपालगंज उ.म.न.पा.१० स्थित साथी कृष्ण कटेज नजिकै यस कार्यालय र लागू औषध नियन्त्रण ब्युरो नेपालगंजबाट प्रखटिएको प्रहरी टोलिले जिल्ला बाँके जानकी गाउँपालिकाका पारसमणि बर्मा र ओम प्रकाश वर्मालाई पक्राउ गरेकाे छ ।

जिल्ला प्रहरीका अनुसार शंका लागि चेकजाँच गर्दा निज ओम प्रकाश वर्माले सेतो प्लाष्टिकमा राखी हातमा समातेको अवस्थामा २० ग्राम ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाईएकाे काेहलपुर टुडेलाइ जानकारी दिएकाे छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ १७ गते सोमबार