प्रेस सेन्टरको स्थापना दिवसका अवसरमा अन्तरक्रिया

काेहलपुर ।

प्रेस सेन्टर नेपालको १८ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाईएको छ । दिवसका अवसरमा शनिबार प्रेस सेन्टर नेपाल बाँकेका पदाधिकारी तथा नेकपा माओवादी केन्द्रका ८ वटै पालिकाका नेताहरुबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कोहलपुरस्थित शहिद स्मृती भवनको हलमा आयोजित अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले समाज रुपान्तरणकालागि प्रेस सेन्टरमा आवद्ध पत्रकाहरुले खेलेको भुमिकाको प्रशंसा गरेका थिए । पत्रकारीतासँगै सामाजिक रुपान्तरणका एजेण्डाहरुमा समेत संचारकर्मीहरुले भुमिका खेल्नुपर्नेमा उनिहरुले जोड दिएका थिए ।

कार्यक्रममा बोल्दै प्रेस सेन्टर नेपालका केन्द्रिय सदस्यहरु शुसिल लामिछाने, शिव सुनार, लुम्बिनी प्रदेश समितिका उपाध्यक्ष प्रदिप वाग्ले, सचिव गजेन्द्र गुरुङ लगाएतले पत्रकारीता क्षेत्रमा देखिएका समस्या र चुनौतिका बारेमा जानकारी गराएका थिए । राजनितिक दलहरुले आवश्यकताका आधारमा संचार जगतलाई प्रयोग गर्दै आएता पनि समग्र संचार क्षेत्रको विकासमा भने ध्यान नदिने गरेको पत्रकार नेताहरुको गुनासो थियो ।

प्रेस सेन्टर नेपाल बाँकेका अध्यक्ष डक्टप्रसाद धितालको अध्यक्षमा सम्पन्न अन्तरक्रिया कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपाने, नेपालगन्ज नगर कमिटी अध्यक्ष रतन शाही, कोहलपुर नगर कमिटी अध्यक्ष अबराज खड्का, खजुरा गाँउकमिटी अध्यक्ष राजकुमार विक, बैजनाथ गाँउकमिटी अध्यक्ष प्रदिप विक, राप्तीसोनारी गाँउकमिटी सचिव सुर्य घर्ति, कोहलपुर नगर कमिटी सचिव दान बहादुर वली, नेपालगन्ज नगर कमिटी सचिव प्रेम शाही, अखिल क्रान्तिकारी लुम्बिनी प्रदेशका प्रमुख सचिव राजेन्द्र विष्ट लगाएतका नेताहरुको सहभागीता रहेको थियो ।