प्रेस चौतारी बाँकेको सपथग्रहण

नेपालगञ्ज, माघ १५ ।

प्रेस चौतारी बाँकेको हालै सम्पन्न जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण शनिबार सम्पन्न भएको छ । पुस २८ गते नेपालगञ्जमा सम्पन्न जिल्ला अधिवेशनले दुर्गा रोकायको अध्यक्षतामा सर्वसम्मत जिल्ला कमिटी गठन गरेको हो । शनिबार निर्वाचन समितिले औपचारिक कार्यक्रमको आयोजना गरि अध्यक्ष रोकायसहित उपाध्यक्ष विनोद भट्टराई उपाध्यक्ष महिला रेजिना मल्ल, सचिव कमल डांगी, सहसचिव देवेन्द्रराज पौडेल र भगतराम थारु तथा कोषाध्यक्ष जियाउल मुस्तफा तथा सदस्यहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।

प्रेस चौतारी नेपालका लुम्विनी प्रदेश सहइन्चार्ज रुद्र सुवेदीले नव निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुको सपथग्रहण गराउनुभएको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सुर्य ढकाल, सह-इन्चार्ज मो. हारुन, केन्द्रीय सदस्य शान्ति ढकाल, जिल्ला अध्यक्ष किस्मत कक्षपति सचिव रत्न खत्री लगायतको सहभागिता रहेको थियो । यसैबीच शनिबार नै बसेको पहिलो बैठकले संस्थापक अध्यक्ष रेशम विरही सिर्जनशिल पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ ।