भत्किन लागेको भवनको छानविन गरी कारवाही गर

कोहलपुर नगरपालिकामा दिर्घकालिन योजनाहरु बनेका छन् तर गुणस्तरीय हिन काम भएको छ। कोहलपुर नगरपालिकाले कोहलपुरका १५ वटै वडा विभिन्न प्रकारका भवन बनाएको छ । कतै कोहलपुरका स्थानीयहरुले गुणस्तरीय कामको अपेक्षा गरेका हुन्छन् । तर यता कोहलपुर नगरपालिकाले आर्थिक वर्ष २०७६/०७७ मा निर्माण गरेको भवन प्रयोगमा नआउँदै भत्कीन थालेको छ ।

कोहलपुर नगरपालिकाले इलाका प्रहरी कार्यालयको प्रहरी विट राख्नका लागि बनाइएको थियो तर प्रहरी शौचालय निर्माण नभएपछि हामी प्रयोग गर्न मानेन् । कोहलपुर चौराहको उत्तर साइडमा प्रतिक्षालय थियो । मानिसहरुको आवातवात गर्दा बस्ने स्थान थियो प्रतिक्षालय । सोही प्रतिक्षालयलाई पुनः मर्मत गरी सो भवन निर्माण भएको थियो । सो भवन पुरा भई निर्माण व्यवसायीलाई भुक्तानी दिइसकेको छ ।

५ लाखमा बनेको भवन दुई वर्ष टिकिने । कोहलपुरको विकास छोटो अवधिको लागि मात्र होइनन्, दिर्घकालिन रुपमा सबैको सहजका लागि निर्माण गरिएका भवन हुन् । सो भवनको निर्माण व्यवसायीलाई छानविन गरी कारवाही गर्न आवश्यक छ ।