लागूऔषधसहित २ जना पक्राउ

काेहलपुर ।

नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ भन्सार कार्यालयस्थित भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले विरेन्द्रनगर नगरपालिका वडा नम्बर ६ सुर्खेतका २ जनालाई कोरेक्स र नाइट्रोजेपामसहित पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार चेकजाँच गर्ने क्रममा शंकास्पदरुपमा हिँडिरहेका उनीहरुलाई सोधपुछ गरेर उनीहरुले बोकेको जेब्रा झोला तलासी लिँदा १०० मि.लि.को २५ बोटल लागूऔषध कोरेक्स फेला पारिएको थियो ।

त्यसबारेमा सोधपुछ गर्दा उक्त लागूऔषध आफ्नो झोलामा राखिदिएको उनीहरुले भनेपछि खोजतलास गर्दा नेपालगञ्जको न्युरोडमा फेला पारी चेकजाँच गर्दा निजको साथमा खुल्ला अवस्थामा रहेको ३५ ट्याबलेट नाइट्रोजेपाम जस्तो ट्याबलेट समेत फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान एवम् कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।