उपाधिका लागि त्रिभुवन आर्मी र चर्च व्वाईज भिड्ने

कोहलपुर ।

कोहलपुरमा जारी मुख्यमन्त्री कोहलपुर गोल्डकप प्रतियोगिता २०८० को उपाधिका लागि त्रिभुवन आर्मी र चर्च व्वाईज बुधबार (२२ गते ) भिड्ने भएका छन् ।

त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौ र दुधौली स्पोर्ट क्लब सिन्धुली विच भएको आजको खेलमा (४-१) गोल गर्दै त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं फाइनलमा प्रवेश गरेको हो ।

प्रतियोगिता सुरु भएको तेस्रो दिनमा भएको खेलमा चर्च व्वाईज यूनाईटेडले गोर्खा व्वाईजलाई (३-०) ले पराजित गर्दै फाइनलमा पुगेको थियो ।

प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफसिसहित नेपालका चर्च व्वाइज यूनाइटेड काठमाडौँ, गोर्खा व्वाइज स्पोर्टस क्लब बुटवल, सुदूरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौँ, कोहलपुर रेसिङ साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी ८ टोलीको सहभागिता रहेको खेल संयोजक राम बहादुर मल्ले जानकारी दिए ।

प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाखसहित ट्रफी प्रदान गरिने रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले जानकारी दिए । प्याराफिटमा १ सय रुपैया लाग्नेछ भने ग्राउण्डमा ५० रुपैया लाग्ने अध्यक्ष क्षेत्रीले बताए । प्रतियोगिता कात्तिक २२ गतेसम्म सञ्चालन हुनेछ ।