Kohalpur Today Header Ads

मन्त्री अथकले भने- चितवनको क्रीकेट रंगशाला सरकारले बनाउँछ




युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज ‘अथक’ ले धुर्मुस–सुन्तली फाउण्डेशनले अलपत्र पारेको निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको संघीय सरकारले बनाउने बताए । उनले लगानीको स्रोत पहिचान गरेर निर्माणका बाँकी काम पुरा गर्ने प्रतिबद्धता जनाए । मन्त्री गहतराज काठमाडौंबाट आज चितवन पुगेर स्थलगत अनुगमन गरेका थिए ।

अनुगमनपछिको आयोजित अन्तरक्रिया कार्यक्रममा मन्त्री गहतराजले कुन मोडलमा बनाउने भन्नेबारे छिट्टै टुंग्याउने पनि बताए । ‘अहिलेको अवस्था नेपाल सरकारले तुरुन्तै परिणाम निकाल्न सक्ने एउटा बढो महत्वाकांक्षी खेलकुदको संरचना भएकाले यसलाई विधि र प्रक्रिया पुरा गरेर सरकारले अपनत्व ग्रहण गर्छ’ मन्त्री गहतराजले भने, रंगशाला निर्माणका बाँकी काम पनि विधिसम्मत ढंगले लगानीको स्रोत पहिचान गरेर सरकारले निर्माण सम्पन्न गर्छ ।

यसका लागि मैले प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष तथा यस क्षेत्रका संघीय सांसद प्रचण्ड लगायतसँग छलफल गरिसकेको छुँ । चितवनमा पनि सबै राजनीतिक दलका प्रतिनिधिहरूको यस विषयमा एक मत रहेछ । यो सर्वसम्मत रूपमा नेपालका कमै परियोजनाहरू बन्न सक्छन् त्यसमध्येको यो एउटा रहेछ ।´ मन्त्री गहतराजले धुर्मुस सुन्तलीसँगका कागजी प्रक्रिया महानगरले चाँडै पुरा गर्न पनि भनेका छन् ।

स्काईल्याण्ड ई.मि. स्कुल
बाल ज्याेति ई.मि. सेकेन्डरी स्कुल
बागेश्वरी ई.मि. स्कुल
LIfe Ok

उनले रंगशालाका बाँकी काम संघीय सरकारले पुरै बनाउने हो वा निजी सरकारीको साझेदारीमा बनाउने भन्नेबारे चाँडै टुंगोमा पुग्ने पनि बताए । यस्तै, चितवनका स्थानीयले धुर्मुस सुन्तली फाउन्डेसनसँग रंगशाला निर्माण गर्दाको हिसावकिताव मागेका हुन् । उनीहरुले रंगशाला निर्माणका लागि एक रुपैयाँदेखि करोडौं रुपैयाँसम्म सहयोग जुटेकाले त्यसको विवरण चाहिने बताएका हुन् ।

रंगशाला निर्माणका लागि भरतपुर महानगरको अगुवाइमा महायज्ञ पुराण पनि लगाइएको थियो । सो पुराणमा आएका करिब ४० हजार भक्तजनहरुबाट २१ करोड रुपैयाँ उठेको थियो । यस्तै, महानगरपालिकाले पनि १० करोड दिएको थियो भने प्रदेश सरकारले ३० करोड दिएको थियो ।

काैसिल्या अस्पताल प्रा.लि.

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ १३ गते बिहीबार