‘मुख्यमन्त्री कोहलपुर गोल्डकप’को बाँकेका सिडियो र एसपीले गरे अनुगमन




कोहलपुर ।

कोहलपुर नगरपालिका २ स्थित तेह्र विगाह मैदानमा सञ्चालन हुन लागेको ‘मुख्यमन्त्री कोहलपुर गोल्डकप खेलकुद प्रतियोगिता—२०८०’ को बाँकेका सिडियो र एसपीले अनुगमन गरेका छन् ।

सोमबार प्रमुख जिल्ला अधिकारी पोख्रेल र नेपाल प्रहरी बाँकेका प्रमुख सुवास चन्द्र बोहराले बालबालिका, अपाङ्ग, महिला, बृद्धबृद्धा तथा अशक्त व्यक्तिहरुको सुरक्षा र प्याराफिटमा बसाई व्यवस्थापन प्रभावकारी रुपमा मिलाउन अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी पोख्रेलले भने, ‘खेलप्रेमीहरुलाई सुरक्षाको व्यवस्थापन मजबुद हुनुपर्छ’ त्यसको लागि जिल्ला प्रशासन कार्यालयबाट पूर्ण रुपमा सहयोग हुन्छ ।’ त्यसको लागि आवश्यक जनशक्ति क्लबको माग भए बमोजिम सहयोग हुने बताए ।

यस्तै कोहलपुर रेसिङ्ग साहारा क्लबका अध्यक्ष चक्र क्षेत्रीले पहिलो पटक गोल्ड कप हुँदा खेलप्रेमीहरुको बसाई व्यवस्थापन मिलाउन निकै समस्या भएको थियो, त्यसैले यस पटक व्यवस्थापनलाई प्रभावकारी बनाउन यहाँहरुको सहयोगको अपेक्षा रहेको बताए ।

अनुगमनमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य एलवी क्षेत्री, खेल संयोजक राम बहादुर मल्ल, कोच जनक केसी, कोहलपुर वडा नं. २ का वडा अध्यक्ष हरी कठायत लगायत क्लबका पदाअधिकारीहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा अफ्रिकन देश क्यामरुनको एभिनियर एफ.सि.सहित नेपालका ए डिभिजनका ७ क्लबहरु सहभागिता रहने छन् ।

जसमा चर्च व्वाईज यूनाईटेड काठमाण्डौं, गोर्खा व्वाईज स्पोर्टस क्लब बुटवल, सुदुरपश्चिम ११, स्पोर्ट्स क्लब धनगढी, त्रिभुवन आर्मी फुटबल क्लब काठमाण्डौं, कोहलपुर रेसिङ्ग साहारा क्लब कोहलपुर, वि.एफ.सी. चितवन क्लब चितवन, एभिनियर एफ.सि. क्यामरुन र दुधौली स्पोर्ट्स क्लब सिन्धुली गरी आठ टिम सहभागि हुनेछन् ।

प्रतियोगितामा प्रथम हुनेलाई ८ लाख रुपैया र दोस्रो पुरस्कार ४ लाख सहित ट्रफि रहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०८० कात्तिक १३ गते सोमबार