बाँकेको खजुरामा रात्री बस दुर्घटना १० जना घाइते (पुर्ण विवरण)




काेहलपुर ।

बाँकेको खजुराबाट काठमाडौं तर्फ गइरहेको प्रदेश ०३-०१-००६ ख १५५३ नम्बर को रात्रीकालीन यात्रु बहाक बस बुधवार साँझ दुर्घटना हुँदा १० जना यात्रुहरु घाईते हुनुभएको छ ।

बाँकेको खजुरा-२ गुम्बा चौकमा अनियन्त्रीत भएर सडकवाट तल खसेर बस दुर्घटना हुदा घाइते हुनेहरुमा खजुरा-२ का ५५ बर्षिय रामकिसन यादव,३८ बर्षिय धन बहादुर खत्री, ४९ बर्षिय लोक बहादुर पुन मगर,२८ बर्षिय विशाल गुरुडु,३५ बर्षिय अर्जुन परिवार, ३० बर्षिय खिम बहादुर सुनार,५० बर्षिय जिवन परिवार, बर्दिया वढैयाताल-३ का ३० बर्षिय कृष्ण परियार, ३८ बर्षिय राजु परियार र बाँसगढी-५ का ४० बर्षिय भरत सुनार रहुनुभएको छ ।

घाइतेहरुको प्रहरी तथा स्थानियको सहयोगमा उद्दार गरी नेपालगञ्ज स्थित नर्सिङ अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधबार