कमिसन नपाएपछि एम्बुलेन्स खरिद प्रक्रिया राेकिएकाे हाे ?




कोहलपुर ।

कोहलपुर नगरपालिकाले अझै पनि एम्बुलेन्स ल्याउन सकेको छैन । विगत २ वर्षदेखि देश कोरोना महामारीसँग लडिरहेको छ । अहिले पनि कोहलपुरमा १ सयभन्दा बढिको संख्यामा कोरोना संक्रमित रहेका छन् । कोहलपुर नगरपालिकाको कार्यापालिकाको बैंठकबाट नै एम्बुलेन्स खरिद गर्ने भनि गत भाद्रमा नै निर्णय गरेको थियो । तर बिडम्बना महामारीमा जनतासंग प्रत्यसक्ष जोडिएको एम्बुलेन्स अझै नगरपालिकाले ल्याउन सकेको छैन । कोहलपुर नगरपालिकाले कोरोना महामारीमा क्रेटा किनेको थियो त्यसले निकै विवाद र्सिजना गरेको थियो । तर एम्बुलेन्स भने किन्न सकेन् ।

बाँके जिल्लामा सबै पालिकाहरुमा एम्बुलेन्सको व्यवस्था गरिसकेका नगर स्वास्थ्यका तत्कालिन प्रमुख डिल्ली राज पोख्रेलले एम्बुलेन्स नभएको बताएका छन् । नगरपालिकाले समान्य अवस्थामा पनि एम्बुलेन्स सञ्चालन गनुपर्नेमा विश्वव्यापी महामारीको समयमा एम्बुलेन्स खरिद गर्न नसक्नु लाजमर्दो बिषय भएको पोख्रेलको भनाई थियो ।

कोहलपुर नगरपालिका आर्थिक बिकास शाखा प्रमुख दिल बहादुर परियार उनी एमालेबाट निर्वाचित जनप्रतिनिधि हुन् । अहिले कार्यपालिकाको सदस्य हुन् । मंगलवार समाजिक सञ्जालमा एक स्टाटस लेख्दै परियारले कोरोनाको तेस्रो लहर फैलिई सक्यो तर एम्बुलेन्स आउदैन १ कहिले भन्सार छुटका नाममा, कहिले स्तरीय एम्बुलेन्स खरिद गर्ने बहानामा खरिद हुन नसक्ने तर नीजिले तुरुन्तै खरिद गर्न सक्ने, बुझ्नै नसकिने खरिद प्रक्रिया, भदौमा टेण्डर अहिलेसम्म……,गत वर्ष नगरपालिका र रेडियो प्रतिबोधले सँगसँगै खरिद प्रक्रिया शुरू गरेका थिए तर नगरपालिकाले खरिद गर्न सकेन रेडियो प्रतिबोधले एम्बुलेन्स खरिद गरेर सञ्चालन गरी सक्यो । धन्य हो सिंहहरू……..जनमुखी काममा ध्यान, समय र कानुन बाधक हुने, लास्टमा स्तरीय खरिद गर्न नसकी झण्डै मासिक रू.१ लाखमा थोत्रो एम्बुलेन्स भाडामा लिई काम चलाउने भन्दै लेखेका थिए ।

एम्बुलेन्स सञ्चालन गरी १५ लाख भुक्तानी

कोहलपुर नगरपालिकाले आफैले एम्वुलेन्स खरिद गरेर सञ्चालन गरेको भए यति ठुलो रकम खर्र्च हुने थिएन् । तर कोहलपुर नगरपालिकाले एम्बुलेन्स खरिद गर्नुको साटो हालसम्म भाडामा एम्वुलेनस सञ्चालन गरेवापत १५ लाख बढि रुपैया भुक्तानि गरि सकेको छ ।

कमिसनले होइन खरिद प्रक्रियाले ढिलाई : ढकाल

कोहलपुर नगरपालिका प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले आफु आउनुभन्दा नै पहिले नै पक्रिया नपु¥याई टेन्डर गरेको देखियो बताए । पक्रिया नपुगेपछि भन्सारले त्यसको पक्रियालाई रोक्का गरेको देखिन्छ उनले भने त्यसको विभिन्न प्रक्रियाहरु अपनाउनुपर्ने हुुन्छ ।

पहिले जिल्ला एम्वुलेन्स सञ्चालन समितिपछि प्रदेश स्वास्थ्य मन्त्रालय हुँदै संघिय स्वास्थ्य मन्त्रालयदेखि अर्थ मन्त्रालयबाट स्वीकृत गरी भन्सार छुटको पक्रिया पु¥याएर मात्र एम्बुलेन्सको खरिद गर्न सकिने व्यवस्था छ सोही अनुसार आज नै त्यो पक्रियाको लागि पत्र पठाइसकेको ढकालले बताएका छन् । कमिसनले होइन पक्रिया अनुसारको काम नभएपछि एम्बुलेन्स खरिद पक्रियामा ढिलाई भएको प्रमुख प्रशासकिय अधिकृत ढकालले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ १२ गते बुधबार