राष्ट्रियसभा निर्वाचन : सातै प्रदेशमा मतदान सुरु

n'lDagL k|b]z d'VodGqLåf/f dtbfg b]pv'/L, !@ df3 M /fli6«o;ef ;b:o lgjf{rgsf nflu n'lDagL k|b]zsf d'VodGqL s'nk|;fb s];Ln] dtbfg ub}{ . pxfF klxnf] dtbftf x'g'x'G5 . t:jL/ M /l~htf clwsf/L÷/f;;

राष्ट्रियसभा निर्वाचनका लागि सातै प्रदेशमा मतदान सुरु भएको छ । बिहान ९ बजेपछि मतदान सुरु भएको हो । प्रदेश १ मा विराटनगरमा प्रदेश निर्वाचन कार्यालय र वाली संरक्षण प्रयोगशालामा मतदान भइरहेको छ भने मधेस प्रदेशको लागि महेन्द्र नारायण निधि भवन जारी छ ।

यस्तै वागमती प्रदेशको लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृह, गण्डकी प्रदेशको लगी प्रदेश निर्वाचन कार्यालय पोखरामा पनि मतदान भइरहेको छ । यस्तै लुम्बिनी प्रदेशको लागि कर्मचारी मिलन केन्द्र दाङ, कर्णाली प्रदेशको लागि प्रदेश निर्वाचन कार्यालय सुर्खेत र सुदूरपश्चिम प्रदेशको लागि प्रदेश सभा भवन धनगढीमा मतदान जारी छ ।

राष्ट्रिय सभा निर्वाचनमा २ हजार २५ मतदाताले भोट खसाल्नेछन् । प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहने व्यवस्था रहेको छ । उनीहरूको मतभार क्रमशः १ भोट बराबर ४८ र १८ रहेको छ ।

१९ सिटमा ४३ जनाबीच प्रतिस्पर्धा

राष्ट्रियसभाको १९ जना सदस्यका लागि ४३ जनाले उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सत्तारुढ ५ दलीय गठबन्धनबीच सबै सीटमा चुनावी तालमेल भएको छ भने मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टीबीच तालमेल भएको छ ।

गठबन्धनमा १९ सिटमध्ये काँग्रेसले ६, नेकपा माओवादी केन्द्रले र नेकपा एसले ५ ५, जनता समाजवादी पार्टीले २ र राष्ट्रिय जनमोर्चाले १ सीट उम्मेदवार खडा गरेको छ ।