१८ बर्षीया किशोरीको अपहरणपछि बलात्कार, दुई युवा पक्राउ




काेहलपुर ।

बाँकेमा १८ बर्षीया किशोरीको अपहरणपछि बलात्कार भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जाजरकोट स्थायी घर भई हाल नेपालगञ्जमा डेरा गरी बस्ने किशोरीको अपहरणपछि बलात्कार भएको हो ।

किशोरीलाई अपहरण गरी बलात्कार गरेको अभियोगमा बाँके प्रहरीले दुई जना युवालाई पक्राउ गरेको छ । खजुरा गाउँपालिका वडा नम्बर २ पुल्चोकमा तीन जना केटा साथीसंग फोटो खिचाइरहेकी किशोरी अपहरणमा परेको बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

अधिकारीका अनुसार पाँच जनाको संख्यामा आएका युवाहरुले किशोरीका केटा साथीहरुलाई कुटेर लखेटेपछि अपहरण गरेका थिए । एक जना युवाले किशोरीलाई मोटरसाइकलमा राखेर पहिले जंगलमा पुर्‍याएर बलात्कार गरेपछि पुनः घरमा ल्याएर बलात्कार गर्दैगर्दा प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अधिकारीले बताए ।

अर्को एक जना युवालाई पनि प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । घटनामा संलग्न अन्य युवाहरुको खोजी गरिरहेको बाँके प्रहरीले जनाएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ ८ गते शनिबार