सांसद उषा पुनद्वारा कृष्ण माध्यमिक विद्यालयको पर्खाल शिल्यान्यास

कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकामा रहेको कृष्ण माध्यमिक विद्यालयको पर्खाल शिल्यान्यास गरिएको छ । बिहिबार कृष्ण माध्यमिक विद्यालयको प्रदेश साँसद उषा पुनद्वारा पर्खालको शिल्यान्यास गर्नुभएको थियो ।

शिल्यान्यास गर्दै पुनले बाचा गरे अनुसारको पुरा गर्दै गएको बताउनुभएको थियो । विद्यालयको पर्खाल, भवन, आइसिटी भवन, कम्प्यूटर लगायत अन्य विकासमा आफ्नो बजेटबाट व्यवस्था गरी निर्माण गरेको पुनले बताउनुभयो ।

उहाँका अनुसार विद्यालयको अब १ सय १० मिटर मात्र बाँकी रहेको छ अरु पर्खाल निर्माण भैसकेको छ, अहिले शिल्यान्यास भएको १ सय १४ मिटर पर्खाल बन्नेछ भने अन्य फेरी अर्को पटक बजेटको व्यवस्था गरी पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको थियो ।

No description available.

यस्तै उहाँका अनुसार बाँकेका सबै पालिकामा रहेको विद्यालयहरुमा पनि आफ्नो बजेट व्यवस्था गरी विकास निर्माण भैरहेको बताउनुभयो ।

विद्यालय प्रअ दिलीप वलीका अनुसार साँसद उषा पुनले यस विद्यालयको लागि निरन्तर जोडिएर बजेटको व्यवस्था गरी भौतिक पूर्वाधारको विकास गर्नुभएकोमा धन्यवाद एवम प्रंशसा गर्नुभएको थियो ।

No description available.

अहिले विद्यालयमा १२ सय ५० जना विद्यार्थीहरु अध्यनरत रहेको उहाँको भनाई थियो । सबैको पहल र सहयोगमा विद्यालयको पूर्ण विकास हुने समेत वलीले बताउनुभयो ।

No description available.

यस्तै सो शिल्यान्यास कार्यक्रममा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपाने, कोहलपुर वडा नम्बर १ का अध्यक्ष गोेपी खनाल विव्यस अध्यक्ष बद्री प्रसाद जैसी, पूर्वप्रअ विरेन्द्र मल्ल र वडा २ र १ का सबै राजनितिक दलका प्रतिनिधिकाे समेत उपस्थित रहेको थियो ।