काेहलपुरमा ठुलाे दुर्घटना : नेपालगञ्जका केसीकाे ट्रक ठक्करबाट मृत्यु, ट्रक फरार




काेहलपुर ।

काेहलपुर नगरपालिका १४ हवल्दारपुरमा ट्रककाे ठक्करबाट एक जनाकाे मृत्यु भएकाे छ ।

हिजाे राती सवा १० बजेकाे समयमा काेहलपुर नगरपालिका १४ हवल्दारपुरमा रहेकाे विकासे पुलमा रहेकाे भेरी ट्रक व्यवसाय र नेपालगञ्ज ट्रक व्यवसायद्वारा सञ्चालन गरेकाे धर्मकाटाँमा कार्यरत कर्मचारी नेपालगञ्ज ७ का त्रिलाेक केसीकाे ट्रककाे ठक्करबाट मृत्यु भएकाे काेहलपुर इलाका प्रहरी कार्यालयका प्रमुख रविन्द्र खनालले जानकारी दिनुभयाे ।

खनालका अनुसार ठक्कर भे १ क १९९९ नम्बरकाे ट्रकले ठक्कर  दिइ फरार रहेकाेले खाेजी कार्य जारी रहेकाे काेहलपुर टुडेलाइ जानकारी दिनुभएकाे छ ।

 

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ माघ ६ गते बिहीबार