तीन थान भरुवा बन्दुकसहित एक जना पक्राउ




मोरङ ।

प्रहरीले लेटाङ नगरपालिका-९ स्थित बसन्त हरियाली सामुदायिक वनबाट तीन थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ । शुक्रबार प्रहरीले मिक्लाजुङ गाउँपालिका-५ का ६० वर्षीय इन्द्रबहादुर राईलाई पक्राउ गरेको हो ।

अस्थायी प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरी टोलीले वनभित्र भरुवा बन्दुक बोकेर हिँडिरहेको अवस्थामा राईलाई पक्राउ गरेको जिल्ला प्रहरी मोरङका सूचना अधिकारी दिपक श्रेष्ठले जानकारी दिए ।

राईको साथबाट लोड भएको तीन थान भरुवा बन्दुक, दुई डब्बा बारुद, १८ थान गोली, ५ पोका छर्रा, खुकुरी र गुलेली बरामद भएको उनले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ३० गते शुक्रबार