१७ खर्ब ५१ अर्ब ३१ कराेडकाे बजेट

काठमाडौँ 

सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट वक्तव्य पढ्दै उक्त जानकारी गराएका हुन्।

आगामी आर्थिक वर्षमा पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड रुपैयाँ विनियोजन गरिएको छ। उक्त बजेट कुल बजेटको १७.२५ प्रतिशत हो। चालुतर्फ ११ खर्ब ४१ ऋर्ब ७८ करोड रुपैयाँ विनियोजन गरिएको छ। उक्त बजेट कुल बजेटको ६५.२० प्रतिशत हो।

वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४छ करोड रुपैयाँ विनियोजन गरिएको छ। उक्त बजेट कुल बजेटको १७.५५ प्रतिशत रकम हो।

चालु आर्थिक वर्ष २०७९/८०को तुलनामा उक्त बजेट न्यून हो। चालु आर्थिक वर्षमा १७ खर्ब ९३ अर्ब रुपैयाँ बराबरेको थियो।