नेशनल प्याब्सन बैजनाथद्वारा २२ जना शिक्षक सम्मानित

काेहलपुर

बाँके जिल्लाको बैजनाथ गाउँपालिकामा नेशनल प्याब्सन बैजनाथ ईकाई कमिटिले “२४औं नेशनल प्याब्सन दिवस-२०७८” को अवसरमा २२ जना शिक्षकहरूलाइ सम्मान गरेकाे छ ।

मंगलबार एक कार्यक्रम गर्दै नेशनल प्याब्सनमा आबद्ध रहेका बैजनाथ गाउँपालिकामा रहेका विद्यालयमा कार्यरत रही निरन्तर सेवा दिइरहेका भएका शिक्षक कर्मचारीहरुलाई सम्मान गरेको छ।

बैजनाथ गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमूख श्री विश्व राज ढकाल को प्रमुख आथित्यतामा २२ जना शिक्षक कर्मचारी हरुलाई सम्मान गरेको हो।

प्रकाश मल्लको अध्यक्षतामा भएको कार्यकमको सञ्चालन कमान सिंह थापा ले गर्नुभएको धन बहादुर ओलिले जानकारी दिए ।