बाँसगढीमा एमाले निकट जनप्रनिधि सहित हाइप्रोफालका १० जुवाडे पक्राउ




कोहलपुर ।

बर्दियाको बाँसगढी नगरपालिकामा एमालेबाट निर्वाचित जनप्रतिनिधि सहित हाइप्रोफाइलका जुवाडेहरु पक्राउ परेका छन् । बाँसगढी नगरपालिका वडा नम्बर ७ का रामचन्द्र अहिर भनिने आईतबारी थारु सहित १० जना पक्राउ परेका छन् ।

 जिल्ला बर्दिया बाँसगढी नगरपालिका – ०७ बड्की देउडा स्थित दुलीचन थारुको घरको कोठामा हारजित हुने गरी जुवा खेलिरहेका छन् भन्ने विषेश सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाबाट प्रहरी निरीक्षक बिरेन्द्र सिंह थापाको कमाण्डमा प्रहरी टोली जुवा खेलिरहेको अवस्थामा नगद १ लाख ८२ हजार ४५० सहित जुवा खेलाउने घरधनी दुलीचन थारुलाई समेत पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

प्रहरीका अनुसार बाँसगढी नगरपालिका वडा नम्बर ७ का सदस्य रामचन्द्र अहिर भन्ने आईतवारी थारु, श्याम प्रसाद थारु, रामकुमार थारु, भागीराम कुमाल, सिताराम थारु, उपेन्द्र खड्का, मोहम्मद अलि, मनोज कुमार थारु र रवीन्द्र सापकोटालाई पक्राउ गरिएको प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी हेमबहादुर शाहीले जानकारी दिए । उनका अनुसार उनीहरुविरुद्ध जुवा सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान भइरहेको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २८ गते बुधबार