ठकुरी सहयाेग सञ्जाल र ठकुरी पत्रकार महासंघद्वारा नेपालगन्जमा भव्य र्‍याली

काेहलपुर ।

बाँकेको नेपालगन्जमा आज ३०० ओैं पृथ्वी जयन्तीको अवसरमा ठकुरी सहयाेग सञ्जाल र ठकुरी पत्रकार महासंघद्वारा नेपालगन्जमा भव्य र्‍याली प्रदर्शन गरिएको छ । मंगलबार दिउसाे विपी चाेकबाट सुरू भएकाे साे र्‍याली धम्बाेजी चाेकमा आएर कोण सभा भएको थियो ।

काेण सभामा बाेल्दै ठकुरी सहयाेग सञ्जाल बाँकेका अध्यक्ष दिपक शाहीले पृथ्वी जयन्ती अर्थाथ पुष २७ गतेका दिन सार्वजिनक बिदा हुनुपर्ने जाेड दिएका थिए ।

उनका अनुसार अन्य चाडपर्वकाे बेलामा नेपाल सरकाले सार्वजिनक बिदा दिइरहेकाे हुन्छ तर पृथ्वी जयन्तीकाे दिनमा किन नदिने उनले प्रश्न गरे ? श्री ५ बडामाहाराजाधिराज पृथ्विनारायण शाहले युद्ध लडेर हामी नेपाली हाैं भन्ने पहिचान दिलाएका छन् उनकै नाममा एक दिन बिदा नदिनु गम्भिर विषय हाे ।

उनले आगामी वर्षदेखि पृथ्वी जयन्ती अर्थाथ पुष २७ गते सार्वजिनक बिदा हुनुपर्ने अन्यथा ठुकरी सञ्जाल बाँके आन्दोलनका कार्यक्रम गर्ने चेतावनी समेत दिएका थिए ।

यस्तै ठकुरी पत्रकार महासंघ बाँकेकी अध्यक्ष करूणा शाहले श्री ५ बडामाहाराजाधिराज पृथ्विनारायण शाहकाे बाइसय र चौबिस्य राज्यहरूलाई एकिकरण गर्ने अभियान बोकी एउटा सिंगो राष्ट्रको स्थापना गरेका राष्ट्रका माहानायक राष्ट्र निर्माता काेही कसैले पनि भुल्न नुहने भन्दै यसकाे जगेर्ने सबै जनताहरूकाे रहेकाे बताइन् ।

यसकाे ठकुरीहरूले मात्र संरक्षण भन्दा सबैकाे मनतनमा बसेकाेले श्री ५ बडामाहाराजाधिराज पृथ्विनारायण शाह त्याग तपस्या र बलिदानीलाई स्मरण गर्नुपर्नेमा जाेड दिएकी थिइन् ।

यस्तै ठकुरी सहयाेग सञ्जाल कर्णाली प्रदेशका अध्यक्ष देव बहादुर शाहकाे समेत उपस्थिति रहेकाे थियाे ।