बंगलादेशमा भएकाे म्याराथन २०२२ मा सल्यानकी पुष्पाले जितिन् कास्य




काेहलपुर ।

नेपालकी धाविका पुष्पा भण्डारीले बंगलादेशको ढाकामा सम्पन्न बंगबन्धु शेख मुजीव ढाका म्याराथन २०२२ मा कास्य पदक जितेकी छन् ।

सोमबार दक्षिण एसियालीतर्फको विधामा गत संस्करणकी स्वर्ण विजेता पुष्पाले निर्धारित दूरी दुई घन्टा ५५ मिनेट ३५ सेकेन्डमा पूरा गर्दै कास्य पदक जितेकी हुन् ।

यो विधामा भारतकी आरती दत्तात्रय पाटिलले निर्धारित दूरी दुई घन्टा ५३ मिनेट २८ सेकेन्डमा पूरा गर्दै स्वर्ण जित्दा भारतकै ज्योति गवाटेले निर्धारित दूरी दुई घन्टा ५४ मिनेट १५ सेकेन्डमा पूरा गर्दै रजत पदक जितिन् ।

यस्तै पुरुषतर्फ किरण बोगटी र नरेन्द्रसिंह रावतले प्रतिस्पर्धा रहेका थिए । पाँचौं स्थानमा रहने क्रममा किरणले निर्धारित दूरी दुई घन्टा २३ मिनेट ४३ सेकेन्डमा पूरा गरेकी थिइन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस २६ गते सोमबार