कोहलपुर ।
कोहलपुरमा रहेको ज्ञानदियो बहुउद्देश्यीय सहकारी संस्थाको १४ औ वार्षिक साधारण सभा सम्पन्न गरिएको छ ।
साे साधारण सभाकाे जिल्ला सहकारी संघका अध्यक्ष प्रेम प्रसाद सुवेदीले उद्घाटन गरेका हुन् । संस्थाका अध्यक्ष नारायणी घिमिरेले आर्थिक वर्ष २०७७/२०७८ मा ८ करोड ९ लाख ४२ हजार १ सय ८ रकम बराबरको कारोबार गरेको बताइन् ।
यस्तै संस्थाको सेयर पुंजी आर्थिक बर्ष २०७७/२०७८ मा १ करोड ७ लाख ९८ हजार रहकाे छ ।
कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकालाई आफ्नो कार्य क्षेत्र बनाएको काम गरिरहेकाे छ । सहकारीकाे ९४ समुह गठन गरेको छ भने सेयर सदस्य १ हजार २ सय ५९ रहेका छन् ।
साे साधारण सभामा देब बहादुर केसी, भुपेन्द्र प्रशाद अधिकारी, बल बहादुर खड्का , प्रकाश ज्ञवाली , बिरेन्द्र कुमार शाह लगायतकाे उपस्थित रहेकाे थियाे ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्