जानकी गाउँपालिकामा इँटा उद्योगमा माटो सम्याउने क्रममा यादब मृत्यु

साँकेतिक तस्विर

काेहलपुर ।

बाँकेको जानकी गाउँपालिकामा जेसिभीको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

जानकी गाउँपालिका ६ डिठापुरस्थित इँटा उद्योगमा माटो सम्याउने क्रममा भे १ क ७१५ नम्बरको जेसिभिले ठक्कर दिँदा सोही उद्योगमा काम गर्ने भारत बहराईच रामपुर बस्ने २९ वर्षीय बिनोद यादबको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जेसिभीको ठक्करबाट गम्भीर यादवको उपचारका क्रममा नर्सिङहोममा गएराती मृत्यु भएको हो । जेसिभि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।