नेपालगञ्जमा चिसो बढेपछि २४ गतेसम्म विद्यालय बन्द

काेहलपुर ।

अत्याधिक चिसो बढेपछि नेपालगन्ज उपमहानगरपालिकाले चार दिनका लागि विद्यालय बन्द गरिएको छ । नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गुरुदत्त सुवेदीका अनुसार आगामी पुष २४ गतेसम्मका लागि उपमहानगरपालिकाका सम्पूर्ण विद्यालय बन्द गरिएको हो ।

नेपालगन्ज उपमहानगरपालिकामा मङ्गलबार बसेको शिक्षा समितिको बैठकले उक्त निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए । उनका अनुसार आगामी पुष २४ गतेसम्म उपमहानगरपालिकाका आधारभूत तह कक्षा १ देखि ५ कक्षासम्मको कक्षा बन्द गरिएको छ ।

‘बढ्दो चिसोको जोखिमलाई मध्यनजर गर्दै तल्लो तहमा अध्ययनर साना बालबालिकाहरुको स्वास्थ्यलाई ध्यानमा राखि कक्षा १ देखि ५ सम्मको कक्षा सञ्चालन बन्द गरिएको हो’ प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।