काेहलपुर ।
विभिन्न राज्यबाट आएका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जमुनाहा नाका हेल्थ डेस्कका ल्याब इन्चार्ज चिरन्जीवी ज्ञवालीका अनुसार सोमबार भारतबाट आएका व्यक्तिलाई एन्टिजेनमार्फत कोरोना परीक्षण गर्दा ७ पुरुष र ३ महिलालाई कोरोना पुष्टि भएको हो ।
संक्रमितमध्ये कालिकोटका ४, दाङका ३, बाँकेका २ र कैलालीका एक जना रहेका छन् । कोरोना पुष्टि भएकाहरु ४ जना हरिद्वार, ३ जना दिल्ली, २ जना उत्तर प्रदेश र एक जना महाराष्ट्रबाट आएका हुन् ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।
प्रकाशित मिति : २०७८ पुस २० गते मंगलबार












प्रतिक्रिया दिनुहोस्