नेल्टा बाँकेको कोहलपुर नगर स्तरीय कार्यक्रम सम्पन्न

प्रदिप कुमाइ, काेहलपुर । 

बाँकेकाे काेहलपुर नगरपालिकामा पालिका स्तरीय अंग्रेजी विषयकाे कार्यशाला र अनलाइन क्विज कार्यक्रम सम्पन भएकाे छ । काेहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतकाे प्रमुख अतिथिमा भएकाे साे कार्यक्रममा काेहलपुर नगरपालिका भित्रका सामुदायिक र संस्थापक विद्यालयहरूका माध्यमिक र प्राथमिक विद्यालयका बालबालिकाहरूलाइ अंग्रेजी विषयकाे  कार्यशाला र अनलाइन क्विज कार्यक्रम गरिएकाे हाे ।

साे कार्यक्रममा नेल्टा बाँकेका अध्यक्ष टर्क बहादुर खत्रीले बालबालिकाहरूकाे क्षमता, व्यक्तित् विकासकाे लागि अति महत्वपूर्ण रहेकाे बताए । बाँके जिल्लामा भएका अंग्रेजी विषयका गतिविधिहरूलाइ चुस्तदुरूस्त गर्नका लागि साे कार्यक्रम आयाेजना गरिएकाे बताए ।

यस्तैे कार्यक्रममा प्याब्सन बाँकेका अध्यक्ष यम रावत, बागेश्वरी बहुमुखी क्याम्पसका प्रमुख दान बहादुर हमाल, घरेलु महासंघ बाँकेकी अध्यक्ष मधु खड्का समेत उपस्थित रहेकाे थियाे ।

अनलाइन क्विज प्रतियोगितामा विभिन्न विधाका विजेताहरू यस प्रकार छन् ।

आधारभुत तह(६-८)

त्रिभुवन माध्यमिक विद्यालय (प्रथम), नमुना विद्या सदन र रामजानकी, सरस्वति माध्यमिक विद्यालय (द्तिय) रहेका छन् ।

आधारभुत तह(९-१२)

रामजानकी (प्रथम), त्रिभुवन माध्यमिक विद्यालय (द्तिय) र डाइनामिक स्कुल रहेका छन् ।