बैजनाथमा उपप्रमुख कप : ३ विधामा ४ विद्यालय प्रथम

कृष्ण कुमार शाही, बैजनाथ ।

बैजनाथ गाउँपालिकामा सञ्चालन भइरहेको उपप्रमुख कपमा ३ विद्यामा छात्रछात्रातर्फको ४ विद्यालयय प्रथम स्थान ल्याएको आयोजकले जानकारी दिएको छ ।

आयोजक समितिका सदस्य लाल बहादुर बोहराका अनुसार १५ सय मिटर दौड, १०० मिटर दौड र लङ्गम्प खेलमा ४ विद्यालय प्रथम भएको कोहलपुर टुडेलाई जानकारी दिएका छन् । बोहराका अनुसार १५ सय मिटर दौडमा छात्रातर्फ नेपाल राष्ट्रिय मावि-३ नौवस्ता प्रथम, जनता आदर्श मावि-२ जब्दहवा द्धितीय र सुर्योदय मावि-१ चिसापानी तृतीय स्थान ल्याउन सफल भएका छन् भने छात्रतर्फ प्रभात मावि-५ जिगाउँ प्रथम, नेपाल राष्ट्रिय मावि-६ ओरीलालपुर द्धितीय, बागेश्वरी मावि-३ गाभर तृतिय स्थान ल्याएका छन् ।

यस्तै १०० मिटर दौडमा छात्रातर्फ प्रभात मावि प्रथम, रारा आधारभूत आवि-१ गाभर द्धितीय, ,हिमालय विद्या निकेतन तृतीय स्थान ल्याएका छन् भने छात्रतर्फ जनता आदर्श मावि प्रथम, दीपज्योति मावि-१ चिसापानी द्धितीय र नोवल ईमी स्कुल-४ तिलकपुर तृतीय स्थान ल्याएका छन् ।

यस्तै लङ्गम्पमा छात्रातर्फ प्रभात मावि प्रथम, रारा आवि द्धितीय र भेरी फ्यूचर स्टार एकेडेमीले तृतीय स्थान ल्याएका थिए भने छात्रतर्फ दिपज्योति मावि प्रथम, क्रियाटिभ स्कलर्स बैजनाथ-१ चिसापानी द्धितीय र सम्झना आधारभूत विद्यालय-६ सम्झना तृतीय स्थान ल्याएका छन् । अन्य खेलहरु सञ्चालन भइरहेका छन् ।