राझाँ एरपाेर्टबाट सुन जस्तो देखिने धातु, दुई लाख बढि नगद र ४ लाखको चेक सहित जाजरकोटका दुई जना पक्राउ




कोहलपुर ।

भखरै राँझा एरपोर्टबाट जाजरकोटका दुई जना पक्राउ परेका छन् । अवैध सुनको कारोबार गरिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयको टोलीले सो दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा जाजरकोट बारेकोट गाउँपालिकाका वडा नम्बर ६ का राजु कार्की र पूर्ण बहादुर विकलाई पक्रउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार सुन जस्तो देखिने पहेलो संगको धातु (१ विस्कुट), नगद २ लाख सतहत्तर हजार र ४ लाख सहित पक्राउ गरेको जानकारी दिएको छ । प्हरीका अनुसार थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस १५ गते बिहीबार