भेरी अस्पतालमा ४ मृत्य हुने को हुन, किन मृत्यु भयो ? पुरा हेर्नुहोस् ।




काेहलपुर ।

भेरी अस्पताल परिसरभित्र रहेको कर्णाली प्रदेशको क्षेत्रीय मेडिकल स्टोरमा कार्यरत कार्यालय सहयोगी खाँडाचक्र नगरपालिका ६ कालीकोटका २३ बर्षीय धनप्रसाद भट्टराई, उनको ३ महिनाको छोरा इप्सन भट्टराई, सासु अन्दाजी ५५ बर्षीया कोपिला भट्टराई र धनप्रसादकी बहिनी अन्दाजी २२ बर्षीया कोली भट्टराईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिए ।

एउटै कोठामा बसेका उनीहरुको निसासिएर मृत्यु भएको हुन सक्ने अनुमान गरिएको उनले बताए । घटानास्थलमा रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्य बहादुर खत्री र एसपी अधिकारीले आफूहरु घटनास्थलमै रहेको र घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए ।
स्टोरको कर्मचारीले काम परेपछि राती १ बजेतिर पटक पटक सम्पर्क गर्दा भट्टराई सम्पर्कमा आएका थिएनन् ।

विहान ६ बजेतिर कोठामा गएर हेर्दा उनीसहित चार जना मृत अवस्थामा भेटिएको एसपी अधिरकारीले जानकारी दिए । संगै कोठामा बसेका

अन्य तीन जना अचेत अवस्थामा थिए । उनीहरुको भेरीमै उपचार भइरहेको छ । भट्टराईकी श्रीमती, ३ बर्षीय छोरा र बहिनीको उपचार भइरहेको अधिकारीले बताए । घटनाबारे थप विवरण आउन बाँकी छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस १५ गते बिहीबार