कोहलपुर ।
बर्दियामा रहेको गेरुवा ग्रामिण जागरण संघले कोहलपुर नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
बुधबार एक औपचारीक कार्यक्रम गरी कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावत र प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकाललाई गेरुवा ग्रामिण जागरण संघका अध्यक्ष कृष्णजंग शाहले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए ।

संघका अध्यक्ष शाहले सेनिटरी प्याडका लागि २० पि. प्याडलवाला बकेट ५ वटा, फोहोर संकलनका लागि ४० लि. ढक्कन सहितको बकेट ११० वटा, वेड सिट (हरियो तन्ना) २८ पिस, इलेक्टिक निडिल कटर ६ सेट र आरओ वाटर फिल्टर १५ लि. ५ सेट स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्