प्रदेस सभा बर्दिया १ (क) मा काँग्रेसका चौधरी निर्वाचित

प्रदेस सभा बर्दिया क्षेत्र नं १(क) मा सता गठबन्धनका साझा उम्मेदवार भुवनेश्वर चौधरी निर्वाचित हुनु भएको छ । गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका चौधरीले नेकपा एमालेका उम्मेदवार सालिकराम अधिकारीलाई पछि पार्दै प्रदेस सभा सदस्यमा निर्वाचित हुनु भएको हो । चौधरीले १७ हजार २६ मत ल्याउदा अधिकारीले १६ हजार ९ सय ७ मत ल्याउनु भएको थियो । त्यस्तै नागरिक उन्मुक्ति पाटीका खेम बहादुर थारुले ११ हजार ९ सय १,राप्रपाका रामलाल बुढाथोेकीले २ हजार ७ सय ८, नेकपा एकिकृत समाजबादीका डिल बहादुर केसीले १ हजार १ सय २२, जसपा नेपालका दिलीप कुमार कुर्मीले २ सय ८४ मत ल्याउनु भएको छ । प्रदेस सभा बर्दिया क्षेत्र १(क)मा ८१ हजार ९ सय १९ कुल मतदाता रहेकोमा ५२ हजार ४ सय २५ मत खसेको थियो भने २ हजार २ सय मत बदर भएको थियो ।