बाँके १ (क) मा कृष्णा केसी (नमूना) १ हजार १ सय २२ मतले अगाडी

कोहलपुर ।
बाँके क्षेत्र नं. १ (क) मा प्रतिनिधीसभा सदस्य पदका नेकपा माओवादी केन्द्रका कृष्णा केसी (नमूना) १ हजार १ सय २२ मतले अगाडी रहेकी छिन् ।
राप्रापाका नरेन्द्र कुमार पौडेलले उनलाई पछ्याइरहेका छन् ।

पछिल्लो मत परिणामअनुुसार नमूनाले २ हजार ६ सय ६८ मत पाएर अग्रस्थानमा छन् भने पौडेलले १ हजार ८ सय ४६ मत प्राप्त गरी दोश्रो स्थानमा रहेका छन् ।
यस्तै जसपाका अम्मर बहादुर खड्काले १ हजार ७ सय १ मत ल्याएर तेश्रो स्थानमा छन् भने नागरिक उन्मुक्ति पार्टीका सोमराज चौधरीले ७ सय ३० मत पाएका छन् ।