कोहलपुरमा न्यू मंगलम खाजा घर सञ्चालन

कोहलपुर ।

बाँकेको कोहलपुरमा न्यू मंगलम खाजा घर सञ्चालनमा आएको छ । मंगलबारदेखि कोहलपुर गोलपार्कस्थित न्यु मंगलम खाजा घर सञ्चालनमा आएको हो ।

खाजा घरका सञ्चालक मानेज विसी र चन्द्रा बहादुर महतराका अनुसार विभिन्न प्रकारका नास्ताका परिकार र खाना सहित बास बस्ने व्यवस्था समेत रहेको बताएका छन् ।

यस्तै सेकुवा, भुटुवा, मटन चिल्ली, चिकेन चिल्ली, रोष्ट लगायत समोसा, चाउमिन तातोचिसो पानीको व्यवस्था समेत रहेको सञ्चालक विसीले जानकारी दिएका छन् ।

उनका अनुसार अर्डर अनुसारको विभिन्न परिकार बनाउनुको साथै डेलिभरीको व्यवस्था समेत रहेको उनको भनाई थियो ।