बाँके क्षेत्र नं. २ मा धवलशम्शेर राणा फराकिलो मतले विजयी

काेहलपुर । 

बाँके क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशम्शेर जंगबहादुर राणा फराकिलो मतले विजयी भएका छन् । राणाले २९ हजार ५ सय ७७ मत ल्याएका छन् ।

यस्तै राणासंगै चुनावी प्रतिस्पर्धामा होमिएका जनता समाजबादी पार्टी नेपालका मोहम्मद इश्तियाक राईले २३ हजार ५ सय २० मत पाएका थिए ।

नेपाली काँग्रेका सुदिप नरसिंह राणाले ४ हजार ४ सय ३ मत ल्याएका छन भने राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद कुमार अग्रहरीले १ हजार ३ सय ३३ मत ल्याएका छन् ।