बाँके क्षेत्र नं. २ मा धवलशम्शेर राणा फराकिलो मतले विजयी




काेहलपुर । 

बाँके क्षेत्र नं. २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशम्शेर जंगबहादुर राणा फराकिलो मतले विजयी भएका छन् । राणाले २९ हजार ५ सय ७७ मत ल्याएका छन् ।

यस्तै राणासंगै चुनावी प्रतिस्पर्धामा होमिएका जनता समाजबादी पार्टी नेपालका मोहम्मद इश्तियाक राईले २३ हजार ५ सय २० मत पाएका थिए ।

नेपाली काँग्रेका सुदिप नरसिंह राणाले ४ हजार ४ सय ३ मत ल्याएका छन भने राष्ट्रिय स्वतन्त्र पार्टीका विनोद कुमार अग्रहरीले १ हजार ३ सय ३३ मत ल्याएका छन् ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ मंसिर ७ गते बुधबार