फेमस रेडियोद्वारा प्रभात माविमा पौष १५ गते वक्तृत्वकला प्रतियोगिता हुने

कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिकामा रहेको फेमस रेडियोद्वारा वक्तृत्वकला प्रतियोगिता कार्यक्रम गर्न लागेका छ ।

यहि पौष १५ गतेका दिन ८ कक्षादेखि १० कक्षासम्मका बालबालिकाहरुको व्यक्तित्व विकास र बौद्धिक क्षमताको विकासको मुख्य उद्देश्यका साथ सो वक्तृतत्वकला प्रतियोगिता हुन लागेको छ ।

सो प्रतियोगितामा सहभागि हुनका लागि ५ सय रुपैया लाग्नेछ भने आवेदन पौष १४ गते सम्म रहेको छ । यस्तै फेमस रेडियोका कुशल दर्लामीले प्रथम हुनेलाई ८ हजार, दोस्रो हुनेलाई पाँच हजार, तृतीय हुनेलाई ३ हजार रहेको बताएका छन् ।