कोहलपुरमा कर्णालीबासीको देउडा नाच




अस्मिता बि.क. कोहलपुर ।

बाँकेको कोहलपुरमा कर्णालीबासीको देउडा नाच गरेका छन् । दशै तिहार तथा छर्ठ पर्वको अवसरका कोहलपुर नगरपालिका प्रमुख पूर्ण प्रसाद आचार्य र वडा नम्बर २ का अध्यक्ष हरि कठायत लगायत कर्णालीबासीहरुले देउडा नाच गरेका छन् ।

शुक्रबार एक औपचारीक कार्यक्रम गरी कोहलपुर नगरपालिका २ मा रहेको शक्तिनगरमा देउडा नाच भएको थियाे ।

नगर प्रमुख आचार्यले देउडा संरक्षणमा लाग्न हौसला प्रदान गर्नुका साथै तिहार, छठ पर्वको शुभकामना दिएका थिए । कोहलपुर नगरपालिका प्रमुख आचार्य, वडा नं. २ का अध्यक्ष कठायत लगायत अन्य जनप्रतिनिधिहरु समेत देउडा खेलेर रमाइलो गरेका थिए ।

कर्णाली देउडा साँस्कृति समाजका अध्यक्ष धर्मा बहादुर शाहीका अनुसार आफ्नो भेषभूषा, साँस्कृतिकलाई जर्गेना गर्नपर्नेमा जोड दिएका थिए । ‘अहिले पुराना साँस्कृति, भेषभूषाहरु लोप हुन लागेका छन्,’ उनले भने, ‘विदेशी भेषभूषामा सबैले अंगाल्दा आफ्नै साँस्कृति हराउन डर भैसक्यो ।’ त्यसैले यस्तो किसिमका कार्यक्रम आवश्यक रहेको शाहीले बताए ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७९ कात्तिक ५ गते शनिबार