प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारको अन्तिम नामावली प्रकाशन (सूचीसहित)

काठमाडौं ।

निर्वाचन आयोगले आगामी मङ्सिर चार गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ मनोनयनपत्र दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ ।

आज (बुधबार) केही उम्मेदवारहरुले नाम फिर्ता लिएपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेका हो । आयोगको अनुसार प्रतिनिधिसभामा १६५ सिटमा लागि दुई हजार ४१२ जनाको उम्मेदवारी परेको छ । त्यस्तै प्रदेशसभाको लागि तीन हजार २२४ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

त्यस्तै आयोगले उम्मेदवारलाई निर्वाचन चिन्ह पनि प्रदान गरेको छ । असोज २४ गते उम्मेदवारको विरोधमा उजुरी दिने र असोज २४ देखि २५ गतेसम्म मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने तालिका रहेको थियो ।

समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रकाशित भएको बन्दसूचीको सूचनामा असोज २३ गतेदेखि २९ गतेसम्म बन्दसूचीमा नाम समावेश भएका उम्मेदवारको योग्यतासम्बन्धी दाबी विरोधको निवेदन दिने, असोज ३० गते दाबी विरोधको निवेदनमाथि जाँचबुझ र निर्णय लिने, कात्तिक ८ गते बन्दसूचीबाट उम्मेदवारको नाम हटेको सूचना प्रकाशन गर्ने र कात्तिक ९ गते उम्मेदवारको बन्दसूची अन्तिमरूपमा प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

प्रतिनिधिसभाका उम्मेदवार

प्रदेशसभाका उम्मेदवार