ट्रकमा स्कुटर ठोक्किँदा २ जनाको मृत्यु




काेहलपुर ।

सडक छेउमा रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । १२ बजे अन्नपूर्ण गाउँपालिका २ कास्कीको ढिकुरपोखरीमा रोकिराखेको ना ७ ख ९१२४ नम्बरको ट्रकमा ग २१ प ४४६० नम्बरको ट्रकमा स्कुटर ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।

ठक्करबाट गम्भीर घाइते भएका स्कुटर चालक अन्नपूर्ण गाउँपालिका १, नौडाँडाका ३० वर्षीय कृष्ण सुवेदी र पछाडि सवार २८ वर्षीय सुनील केसीको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको भएको कास्की प्रहरीले जानकारी दिएको छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ९ गते शुक्रबार