मानव बेचविखन सम्बन्धी यातायातदेखि अटो व्यवसायीसम्मको योजना निर्माण

कोहलपुर ।

कोहलपुर नगरपालिकाले मानव बेचविखनसम्बन्धी यातायातदेखि अटो व्यवसायी सम्मको योजना निर्माण गरेको छ । कोहलपुर नरपालिका वडा नम्बर ११ मा भएको आज बसेको बैंठककले मानव बेचविखन कोहलपुर नै ट्राजिट पोइन्टका रुपमा लिइरहेकोले यातायातदेखि अटो व्यवसायीहरुसंग कसरी काम गर्ने र अन्तरसम्बन्ध कसरी निर्माण गर्ने भन्ने विषयमा आफ्नो योजना निर्माण गरेको छ ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ का अध्यक्ष कर्ण बहादुर थापाले पहिलो चरणमा यातायात देखि अटो व्यवसायीहरुसंग गम्भिर रुपमा देखि अटो व्यवसायीहरुसंग गम्भिर रुपमा छलफल गरी योजना निर्माण गरिएको बताए ।

उनका अनुसार कोहलपुरमा रहेको सम्पूर्ण होटल, यातायात व्यवसायी र अटो सञ्चालकहरुलाई के कस्तो काम गरी हाम्रो काममा सहयोग गर्नुपर्नेहो त्यसको लागि हामीले पत्र उपलब्ध गराउने छौं सोही अनुसार काम गरिदिनुहुन समेत अनुरोध गरेका थिए । सो बैठकमा माइती नेपालले सहजीकरण गरेको थियो भने अन्य सामाजिक क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुको उपस्थित रहेको थियो ।