रामोसलाई रातो कार्ड, इकार्डीले पीएसजीलाई जोगाए




सर्जियो रामोसले दोस्रो खेलमै रातो कार्ड सामना गरेको खेलमा माउरो इकार्डीले गोल गर्दै फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई हारबाट जोगाएका छन् । बुधबार राति पाहुना टोली पीएसजीले लोरियन्टसँग १–१गोलको बराबरीमा रोकिँदै अङ्क बाँडेको हो । लोरेन्टमा भएको खेलमा थोमस मोनकोनडुईटले ४० औँ मिनेटमा घरेलु टोलीलाई अग्रता दिलाए ।

८६ औँ मिनेटमा पीएसजी १० खेलाडीमा सीमित भयो । पीएसजी आएपछि दोस्रो पटक मैदान प्रवेश गरेका रामोसले दोहोरो पहेँलो कार्ड बेहोरे । खेलको इन्जुरी समयमा माउरो इकार्डीले अचराफ हाकीमीको पास सदुपयोग गर्दै पीएसजीलाई हारबाट बचाए । जितसँगै पीएसजीले १९ खेलबाट ४६ अङ्कसहित शीर्ष स्थानमा छ । शीर्षस्थानको पीएसजीसँग १३ अङ्कको अग्रता छ । दोस्रो स्थानको नाईससँग समान खेलबाट ३३ अङ्क छ ।

कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

प्रकाशित मिति : २०७८ पुस ८ गते बिहीबार