कोहलपुर ।
कोहलपुर नगरपालिकाको पशु सेवा शाखाले कृषकहरुलाई पशु सुत्केरी भत्ता वितरण गरेको छ । एक औपचारीक कार्यक्रम गरी गाई ४४ र भैंसी ७९ गरी जम्मा १ सय २३ जना कृषकहरुलाई पशु सुत्केरी भत्ता वितरण गरेको हो ।

कोहलपुर नगरपालिकाको सबैभन्दा उत्कृष्ट कार्यक्रम भएको पशु सेवा शाखामा कार्यरत लोकेन्द्र बुढाथोकीले जानकारी दिएका छन् । उनका अनुसार नगर पशु सेवा शाखाको आ.व. २०७८-०७९ को स्विकृत वार्षिक कार्यक्रम अन्तर्गतको कृषकहरुले पालन गरेका गाइ-भैसीको आहारामा पौष्टिक तत्त्वमा सुधार गरी उत्पादन तथा उत्पादनकत्व वृद्धि गर्ने मुल उद्देश्यले यो कार्यक्रम गरिएको बुढाथोकीको भनाई थियो ।

सो कार्यक्रममा आर्थिक विकास समितिका संयोजक दिल बहादुर परियार, पशु शाखा प्रमुख गोविन्द रोकाय लगायत अन्य कार्यालयका कर्मचारीहरु समेत उपस्थित रहेको थियो ।
कोहलपुर टुडेमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।












प्रतिक्रिया दिनुहोस्